मिथ्यात्वको ज्ञान

मिथ्या विषयको ज्ञानको लागी मिथ्या करणको आवश्यकता हुन्छ । मिथ्या जगतबाट पिण्ड छूटाउन विपरित क्रमबाट श्रवण मनन निधिद्यासन आवश्यक हुन्छ । जसको बोधबाट वस्तुको मिथ्यात्वको निश्चय हुन्छ त्यसको नाम अधिष्ठान हो ।

- श्रीमज्जगद्गुरू शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती महाभाग ॥

(स्रोत: छान्दोग्य उपनिषद प्रवचन)

पूज्य धर्मसम्राट् स्वामी करपात्रीजीकाे महत्त्वपूर्ण उपदेश : ८

समष्टिले अहङ्कार व्यक्तिलाई ईश्वरकल्प बनाइदिन्छ। ...

पूज्य धर्मसम्राट् स्वामी करपात्रीजीकाे महत्त्वपूर्ण उपदेश : ७

जीवनलाई प्रमाद तथा अहङ्कारकाे प्रभावमा पर्न दिनुहुदैन।  लाभकाे लाेभ तथा हानिकाे भयले जीवनलाई प्रमादशून्य बनाउँछन्। हरि-गुरुमा...

पूज्य धर्मसम्राट् स्वामी करपात्रीजीकाे महत्त्वपूर्ण उपदेश : ६

     वेदादि शास्त्रहरुलाई प्रतिभा र प्रगतिकाे अवराेधक मानिनु हुदैन। वेदादि शास्त्र प्रतिभा र प्रगतिकाे प्रतिबन्धक न भइ प्रद्याेतक हुन्; यस तथ्यकाे श्रुति, युक्ति तथा अनुभूतिबाट सिद्ध गर्नुपर्दछ।...

पूज्य धर्मसम्राट् स्वामी करपात्रीजीको महत्त्वपूर्ण उपदेश - ५

मेरो कुरा गाँठो बाँधेर लिनु कि आफ्नो पक्षको मूर्ख तथा अर्काको पक्षको धूर्त समान कष्ट दिन्छन् । सधैं मूर्ख तथा धूर्तबाट सावधान रहनु पर्दछ । यिनी दुईको गठबन्धनबाट पनि सावधान रहनुपर्दछ । आफ्नो पक्षमा यी दुईमध्ये कुनैको पनि सन्निवेश हुनहुदैन, यो कुरा सधैं ध्यान राख्नुपर्दछ ।


-पूज्यश्रीगुरुदेव पुरी शङ्कराचार्यजी महाभाग


साभार: पूज्य श्रीधर्मसम्राट् के महत्त्वपूर्ण उपदेश


हर हर महादेव🚩🚩🚩

पूज्य धर्मसम्राट् स्वामी करपात्रीजीको महत्त्वपूर्ण उपदेश - ४

यस्तो मान्नु हुदैन कि अमुक समुदाय वा सम्प्रदायमा कोही राम्रा ब्यक्ति हुदैनन्। जब सम्म कुनै समुदाय वा सम्प्रदायमा कोही राम्रा ब्यक्ति हुन्छन् तब सम्म मात्र उसको अस्तित्व सुरक्षित रहन्छ। हरिद्वार शास्त्रार्थ पश्चात्...

पूज्य धर्मसम्राट् स्वामी करपात्रीजीको महत्त्वपूर्ण उपदेश - ३

`संसारमा सबै निष्काम हुदैनन्, अधिकांश सकाम नै हुन्छन्। सकामको कहिल्यै उपेक्षा नगर्नु । सकामको अधिकार, सामर्थ्य तथा उसको अभिरुचि अनुसार शास्त्रीय उपाय बताउनु । उसकको अनुष्ठानमा जब उसको कामनाको पूर्ति हुन्छ; तब सनातन शास्त्र र सर्वेश्वरप्रति उसको आस्था सुदृढ हुन्छ। शनैः शनै: शास्त्रीय निष्कामकर्म, उपासना र ज्ञानकाण्ड प्रति उ आस्थान्वित हुन्छ । जसको फलस्वरूप उसको पूर्ण कल्याणको मार्ग प्रशस्त हुन्छ र उ यताउता भटकिनबाट बच्छ ।´


-पूज्यश्रीगुरुदेव पुरी शङ्कराचार्यजी महाभाग


(साभार: पूज्य श्रीधर्मसम्राट् के महत्त्वपूर्ण उपदेश)

हर हर महादेव🚩🚩🚩

प्रमादको अर्थ ...

प्रमाको दमन या यथार्थ बोधको दमन नै प्रमाद हो । यो नै महामोह हो । प्रमादको कारण कामको (कामना) उदय हुन्छ । कामको कारण कर्मको उदय, कर्मको गर्भबाट फलको प्राप्ति हुन्छ । अविद्या काम कर्मको परिणाम स्वरूप जीव ऊर्ध्वगति अधोगतिको ग्रास बनिरहन्छ ।

- श्रीमज्जगद्गुरू शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती महाभाग ॥

(स्रोत: पञ्चदशी प्रवचन)


सनातनधर्म

"शारीरिक, मानसिक, बौद्धिक, शैक्षिक, आर्थिक, सामाजिक, राजनीतिक, मनोवैज्ञानिक, आध्यात्मिक, आदि दृष्टिहरुबाट मानवमात्रको उत्कर्ष र परमानन्दको हेतु आचार-विचार सनातनधर्म हो ।"

श्रीमज्जगद्गुरु शङ्कराचार्य स्वामी भारतीकृष्णतिर्थजी
(पूर्वाम्नाय-श्रीगोवर्द्धनमठ, पुरीका १४३ औ शङ्कराचार्य)

पूज्य धर्मसम्राट् स्वामी करपात्रीजीको महत्त्वपूर्ण उपदेश - २

एक समय यस्तो हुनेछ जब तिमीलाई अखण्डानन्दको आश्रम पनि छोड्नुपर्नेछ । धर्मसङ्घबाट पनि तिम्रो दूरी हुनेछ । त्यस समय विश्वको जटिल भन्दा जटिल समस्याहरु तिमीसामु आउनेछन् । त्यस दशामा धर्मको अनुकूल या अविरुद्ध नै निर्णय दिनु; कथमपि धर्मको विरुद्ध निर्णय नदिनु । अधिकांश समस्याहरुको समाधान धर्मको अविरुद्ध निर्णय दिएर सम्भव हुनेछ ।´

- पूज्यश्री गुरुदेव पुरी शङ्कराचार्यजी महाभाग

(साभार: पूज्य श्रीधर्मसम्राट् के महत्त्वपूर्ण उपदेश)

हर हर महादेव🚩🚩🚩

पूज्य धर्मसम्राट् स्वामी करपात्रीजीको महत्त्वपूर्ण उपदेश - १

श्रीशङ्कराचार्यले भन्नुभएको छ - `अस्ति न खलु कश्चिदुपायाय: सर्वलोकपरितोषकरोय:।´

सबैलाई सन्तुष्ट पार्न सम्भव छैन । अत: स्वयं र सबैको हितको अविरुद्ध तथा अनुरुप आचरण नि:शङ्क भएर गरिरहनु पर्दछ । सबैलाई सन्तुष्ट गर्ने व्यामोहमा स्व - पर हितबाट विमुख हुनुहुदैन । स्व - पर हितको अविरुद्ध र अनुकूल प्रियको ध्यान पनि अवश्य राख्नुपर्दछ । 

- पूज्य गुरु पुरी शङ्कराचार्यजी महाभाग

(साभार: पूज्य श्रीधर्मसम्राट् के महत्त्वपूर्ण उपदेश)

हर हर महादेव🚩🚩🚩

कर्मको परिभाषा ...

वेदादि शास्त्र सम्मत मानवोचित शीलको सिमामा वर्ण तथा आश्रमको सीमामा जुन व्यक्तिको जो दायित्व सिद्ध हुनआउँछ त्यस्को परिज्ञान तथा निर्वाहको नाम कर्म हो ।

- श्रीमज्जगद्गुरू शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती महाभाग ॥

मनको दिव्यता

केवल मन मात्र जनित विषय या मनलाई इन्द्रिय तादात्म्यपत्ती विहीन गर्दा, मनलाई अझ आत्मोन्मुख गर्दा दिव्यताको सञ्चार हुन्छ । मनको इन्द्रियसंग तथा इन्द्रियको माध्यमद्वारा विषयसंग तादात्म्यपत्ति हुँदा मनको दिव्यता कुण्ठित हुन्छ । जस्तो जब सूर्य चन्द्रमा राहु केतुको चपेटबाट मुक्त हुँदा आफनो रूपमा स्थित हुनजान्छ । यसप्रकार जब इन्द्रिय तथा इन्द्रिय जन्य विषय विषयाकार मन हुँदैन तब आफनो रूपमा स्थित भएर रहन्छ । जब आफनो रूपमा स्थित हुन्छ तब केवल वर्तमान मात्र हैन भूत भविस्यमा पनी मनको गति हुन्छ । मन त्रिकालदर्शी, त्रिकालज्ञ हुन्छ । वर्तमानको सूक्ष्म विषयको पनी अधिगमको क्षमता हुन्छ । इन्द्रिय तादात्म्यपत्ति हुँदा वर्तमानमा मात्र गति हुन्छ ।

मनलाई इन्द्रिय तादात्म्यपत्ती विहीन या असंस्पृष्ठ गर्दा मन आफनो ठाऊँमा बस्छ । निद्रा नआओस, अनावश्यक विक्षेप नहोस्, जून विषयको निन्तन व्यवस्तित रूपमा गर्नुपर्नेछ त्यस विषयलाई मात्र लिएर संकल्प होस्, तब मन दिव्य चक्षुको रूपमा परिणत हुन्छ ।

- श्रीमज्जगद्गुरू शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती महाभाग ॥

साहित्य

शिव पार्वतीको (शिवशक्ति) साहचर्यको नाम साहित्य हो । शक्ति तथा शक्तिमानको साहचर्य साहित्य हो ।

- श्रीमज्जगद्गुरू शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती महाभाग ॥

अनात्म विषय प्रति असंगता

कालक्रममा अयोगको गर्भबाट संयोग उत्पति भई वियोगमा जस्को अन्त्य हुन्छ त्यो आत्मा होइन अनात्मा हो । त्यो वैराग्यको विषय अवश्य हो, यसमा असंगता कर्तव्य हो ।

- श्रीमज्जगद्गुरू शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती महाभाग ॥

मनको पतनको कारण

जसद्वारा मन उद्भाषित भएको हो, जसद्वारा यस सत्ता चित्ता प्राप्त छ, उसैलाई आफनो लक्ष्य या विषय नबनाई जब इन्द्रियको द्वारबाट शब्द स्पर्श रस रूप गन्ध र यिनको अभिव्यन्जक संस्थानलाई मात्र लक्ष्य बनाउॅंछ तब मन पतन हुनजान्छ ।

- श्रीमज्जगद्गुरू शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती महाभाग ॥

सर्वार्थ सिद्धिको रहस्य

सच्चिदानन्दस्वरूप परमात्मा महासर्गको प्रारम्भमा अचिन्त्य मायाशक्तिको योगले उत्पत्ति, स्थिति, संहृति, निग्रह तथा अनुग्रह नामक पञ्चकृत्यहरुको निर्वाह गर्नका लागि स्वयंलाइ हिरण्यगर्भात्मक सूर्य, विष्णु, शिव, शक्ति तथा गणपति - संज्ञक पञ्चदेव रूपले व्यक्त गर्दछन ।

प्रातः ६, मध्यान्ह १०, अपरान्ह २, साझ ६ र रात्रि १० बजे सर्वहितको भावनाले निम्नलिखित प्रार्थना प्रत्येक सत्रमा पाँच - पाँच पटक व्यक्तिगतरूपले तथा आध्यात्मिक संस्थानहरुको माध्यमले आस्था तथा उत्साहपुर्वक नित्य कर्तव्य हुन्छ ।
छान्दोग्योपनिषत् २/१४/१ तथा महाभारत-शान्तिपर्व ३३७.३० अनुसार प्रतिदिन् पाँच पटक भगवद्भजनले सर्वार्थसिद्धि सुनिश्चित छ ।

पुज्य श्रीजगद्गुरु
हर हर महादेव ।।

सनातन सन्देश

सबै मजहब विरोधको मार्ग हो । मजहबीजन परस्पर विरोधी हुन्छन् । योग निरोधको मार्ग हो । भक्ति अनुरोधको मार्ग हो । ज्ञान अविरोधको मार्ग हो ।

श्रीस्वामी अखण्डानंद सरस्वतीजी महाराज
हर हर महादेव

मनुष्यले जान्नै पर्ने कुराहरु

सृष्टिको संरचनाको प्रयोजन के हो ?
मनुष्य जीवनको लक्ष्य के हो ?
तपाईं-हामी जीवको प्रवृत्ति र निवृत्तिको नियामक को हो ?
मनुष्यले आफ्नो अन्तर्यामित्वको विकसित कसरी गर्ने ?

यति प्रत्येक मनुष्य मात्रले जान्नु पर्छ

- पूरी जगद्गुरु शङ्कराचार्य

सनातन ज्ञान

हाम्रा वाणी र क्रिया व्यर्थ नजाओस्; यसका लागि भगवद् भजन अनिवार्य गर्नुपर्छ ।

- पूरी जगद्गुरु शङ्कराचार्य

चल शंकर

गुरु र मातापिता भगवान हुन । मनुष्यलाई ईश्वरसँग सम्बन्ध जोडाईदिने गुरु भगवान हुन । शास्त्रहरुमा भगवान शंकराचार्यलाई “चल शंकर” अर्थात हिडने शंकर भनिएको छ ।  हृदयमा धर्मबल भएको मनुष्यले गुरु चिन्दछ, ईश्वर जान्दछ ।

श्रीपशुपतिनाथ शङ्कराचार्य पूजन महोत्सव २०७९

महाशिवरात्री पर्व २०७९ को पावन अवसरमा पूर्वाम्नाय-गोवर्धनमठ पुरीका पीठाधीश्वर अनन्त विभूषित "श्रीमज्जगद्गुरू शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वतीज्यू"को आगमन तथा सान्निध्यमा सम्पन्न हुने श्रीपशुपतिनाथ-शङ्कराचार्य पूजन महोत्सव एवं आशीर्वचन कार्यक्रममा उपस्थित भई आध्यात्मिक लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

कार्यक्रमः फागुन ५, ६ र ७ गते
स्थानः श्रीपशुपतिनाथ परिसर, शंकराचार्य मठ
समयः ११:३०-१ः०० बजे सम्म

आयोजकः पशुपति क्षेत्र विकास कोष, शंकराचार्य मठ

दृष्टिकोण

सवैप्रति सहानुभूति, स्नेह एवं यथायोग्य सेवाभाव-सम्पन्न सवैको हितैषी, हितज्ञ तथा हित गर्नमा तत्पर मनीषिहरुको शीघ्र सुमंगल सुनिश्चित छ ।

- पुज्य श्रीजगदगुरु
गीता जयन्ती र सार
पूरी जगद्गुरु शङ्कराचार्यमा समर्पित 
समय

जव बनेको, देखिएको कूनै पनि वस्तुको निष्क्रयता र विनष्टता सुनिश्चित् छ त्यस्तै प्रत्येक जीवितको मृत्यु सुनिश्चित छ भने सारा-संसारमा अहिले प्रचलित शासकीय स्वरुप सधै रहिरहन्छ भन्ने मान्यता कोहि कसैको छ भने त्यो पनि अन्धविश्वास हो ।


धर्मसम्राट श्रीकरपात्रीजी महाराज

हर हर महादेव

आधुनिक विकास मनुष्यलाइ असुर बनाउने मनोरम प्रयास - पूरी जगद्गुरु शङ्कराचार्य

सङ्कलक - श्रीगोरखा

यस यान्त्रिकयुगमा जीवनको मूलभूत चाह र उसको पूर्ति हेतु वास्तविक उपायको ज्ञान र ध्यान नै छैन ।

क्रमिकरुपले प्रज्ञा र प्राणशक्ति विकसित नभइकन मनुस्य कसरि विकसित हुन सक्छ !

यस महायान्त्रिकयुगमा ज्ञात ज्ञातव्यता, प्राप्त प्राप्तव्यता र कृतकर्तव्य सर्वथा असम्भव भएको छ । 

अनुग्रह

अराजक तत्वहरुको उन्माद दूर गर्नु पनि उनीहरू प्रति अनुग्रह हो ।

- श्रीमज्जगद्गुरू शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती महाभाग ॥

ग्रहको आध्यात्मिक स्वरूप

पाँच देवता नै नवग्रहको रूपमा व्यक्त हुन्छन् । पाँच ज्ञानेन्द्रिय चार अन्तस्करणको सम्बन्ध नवग्रहसँग छ । कुनैमा तमोगुण, कुनैमा सत्व र कुनैमा रजोगुण अधिक हुन्छन् । विवक्षावसात देवता र ग्रहमा भेद छ । लाभै मात्र पुर्याउँदा देवता र बीच-बीचमा दुःख दिँदा ग्रह भनिन्छ । देवतालाई कुपित बनाउनु ग्रह बनाउनु हो । ग्रहलाई देवताको रूपमा परिणत गर्नु नै ग्रहशान्ति हो ।

- श्रीमज्जगद्गुरू शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती महाभाग ॥


भगवदर्थ चेष्टा

सनातन धर्ममा सबै गतिविधि भगवदर्थ हुन्छ । हाम्रो हर चेष्टा भगवदर्थ हुनुपर्छ ।

- श्रीमज्जगद्गुरू शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती महाभाग ॥


स्मृतिको उपयोग

यदि उपयोगी या अनुकूल स्मृति छ भने त्यसलाई प्रोत्साहन (महत्व) दिनु उचित हुन्छ । अनुपयोगी, प्रतिकूल या घातक स्मृतिको उपेक्षा गर्नु उचित हुन्छ । यसो गर्नाले त्यसको चपेटबाट बचिन्छ ।

- श्रीमज्जगद्गुरू शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती महाभाग ॥

मनको स्वभाव

मनको जुन विषयमा आस्था या प्रीति हुन्छ त्यो प्राप्त हुँदा मन शान्त हुन्छ । मन साथी, सेवक आफू त्यसको स्वामी हो । मन र मौरीको स्वभाव एकै जसो हुन्छ । अभिमत विषयको प्राप्त हुँदा शान्त हुन्छ ।

मनको अनुकूल व्यवहार नहुनाले मन मलिन हुन जान्छ । मन विषादपूर्ण अवस्थामा छ भने एकान्तमा दीर्घ स्वरमा भगवानको नाम उच्चारण गर्नाले मनोराज्य शान्त हुन जान्छ ।

- श्रीमज्जगद्गुरू शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती महाभाग ॥

मायाको परिभाषा
ब्रह्मको शक्ति, प्रपञ्चोत्पादनी शक्ति एकै सच्चिदानन्द स्वरूप ब्रह्मको जीव, जगत र जगदिश्वर तिनै रूपमा अभिव्यक्त ख्यापित गर्ने  चमत्कारपूर्ण शक्तिको नाम माया हो । तत्वत: जसको अस्तित्व नभए तापनि प्रभाव देखिन्छ ( ब्रह्म अतिरिक्त ) । 

मायाको तिन गुण: सत्व, रजस्, तमस्
मायाको बन्धनको माध्यम: काल, कर्म, स्वभाव र गुणद्वारा

- श्रीमज्जगद्गुरू शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती महाभाग ॥
गीताको कर्मयोग एक वाक्यमा

कर्माशक्ति, फलाशक्ति, अहंकृतिलाई शिथिल बनाएर अप्रमादपूर्वक, धृति उत्साहपूर्वक भगवतर्थ समत्वभावना सहित स्वकर्मानुष्ठान नै गितोक्त कर्मयोग हो ।

- श्रीमज्जगद्गुरू शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती महाभाग ॥

सम्पूर्ण रोगको मूल

अविद्या, काम र कर्म । यही तिनको चपेटबाट मुक्त गर्ने विद्याको नाम अध्यात्मविद्या हो

- श्रीमज्जगद्गुरू शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती महाभाग ॥

चित्त शुद्धिको उपाय

अनात्म वस्तुको चिन्तनबाट चित्तमा विकृति आउँछ । आत्मा, परमात्मा, महात्माको चिन्तन गरे चित्त शुद्ध हुन्छ । शास्त्र विहिन या मर्यादाको अतिक्रमण गरी व्यवहार गर्नाले चित्त अशुद्ध हुन्छ र शास्त्रीय सीमामा मर्यादित व्यवहार गर्नाले चित्त शुद्ध हुन्छ । निष्काम भावले कर्म, उपासना गर्नाले चित्त शुद्ध हुनजान्छ ।

- श्रीमज्जगद्गुरू शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती महाभाग ॥

वैदिक वाङमयको सार

प्रवृत्तिको सार्थकता निवृत्तिमा छ, निवृत्तिको सार्थकता निर्वृत्ति छ ।

- श्रीमज्जगद्गुरू शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती महाभाग ॥

हाम्रो वास्तविक चाहको विषय

- मृत्यु, मूर्खता र दुःखबाट मुक्ति ।

~यस्तो जीवन जहाँ मृत्युको छायाँ नपुगोस्,
~यस्तो ज्ञान जहाँ अज्ञानता नहोस् ,
~यस्तो आनन्द जहाँ दुःख नहोस् ,
(अर्थात् सत् चित् आनन्दको प्राप्ति)

- श्रीमज्जगद्गुरू शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती महाभाग ॥

उदारता र परोपकारको सिमा

उदारताको नाममा कायरता र परोपकारको नाममा स्वधर्मत्याग सर्वथा अनुचित छ । जुन उदारताले आफ्नो अस्तित्व र आदर्शलाई अपहरण गर्दछ, त्यस्तो उदारतालाई हृदयको तुच्छ दुर्बलता सम्झेर त्याग गर्नुपर्छ ।

- श्रीमज्जगद्गुरू शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती महाभाग ॥

सनातन धर्म

पूर्व कर्मानुरुप जन्म, जन्म नियन्त्रित वर्ण व्यवस्था, वर्ण नियन्त्रित आश्रम व्यवस्था, वर्णाश्रम नियन्त्रित कर्म व्यवस्था ।

- श्रीमज्जगद्गुरू शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती महाभाग ॥

अर्थको अर्थ

जसको उपयोग गरेर परम् अर्थ परमात्मा सम्म पुग्न सकिन्छ त्यो अर्थ हो । मृत्यु, मूर्खता, जडता, दुःख, अज्ञता आत्यन्तिक विजयमा जो सोपान प्रस्तुत गर्न सक्छ त्यो अर्थ हो ।

- श्रीमज्जगद्गुरू शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती महाभाग ॥

विकासको मूल आधारशिला

हामी मृत्यु, जडता, दुःखको चपेट मुक्त हुन चाहन्छौं, यस इच्छाको पूर्तिको लागि परम्परागत या साक्षात जस्को उपयोग हुन्छ त्यो विकास हो । 

अभ्युदय र निश्रेयसको सिद्धिको अविरुद्द, अनुकुल वस्तु तथा व्यक्तिको उद्भावनाको नाम विकाश हो । जीवको चाहको मुख्य विषय जसबाट पूर्ति हुन्छ त्यसको नाम विकास हो ।

विकासको प्रयोक्ता उपभोक्ता जीव या चेतन हो । पृथ्वी पृथ्वीको लागि होइन, पानी पानीको लागि होइन, प्रकाश प्रकाशको लागि होइन, मिठाई मिठाईको लागि होइन जीव या चेतनको लागि हो । सम्पूर्ण जड वस्तु चेतनको लागि हो । चेतन भोक्ता हो, जड वस्तु भोग्य हो ।

विकास किन?: मृत्युको भय, जडता, दुःखको चपेटबाट मुक्त हुन
विकास कस्को लागि?: जीव या चेतनको लागि
विकास के को?: जड वस्तुको
विकासको प्रयोजन: चेतनको लागि उक्त वस्तु अधिक उपयोगी सिद्ध हुन सकोस् ।

- श्रीमज्जगद्गुरू शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती महाभाग ॥

प्रार्थना

स्वस्त्यस्तु विश्वस्य खलः प्रसीदतां
ध्यायन्तु भूतानि शिवं मिथो धियः ।
मनश्च भद्रं भजतादधोक्षजे
आवेश्यतां नो मतिरप्यहैतुकी ।।
(श्रीमद्भागवते ५.१८.९)

विश्वको कल्याण होस्, दुष्ट दुष्टताको परित्याग गरि प्रमुदित होस् । प्राणीहरुमा परस्पर सद्भाव होस्, सब एक अर्काका हितमा चिन्तन गरुन् । हाम्रो मन शुभमार्गमा प्रवृत्त होउन् र हामी सबको बुद्धि निष्काम भावले विज्ञानघन श्रीहरिमा प्रविष्ट होस् ।